सातामै ३४ अर्ब रुपैयाँले ऋण बिस्तार, निक्षेप २२ अर्बले मात्र बढ्यो, ऋणमा आक्रमक हुँदा तरलता अभाव

बिजमाण्डू
२०७७ चैत्र ३० गते १७:२५ | Apr 12, 2021
सातामै ३४ अर्ब रुपैयाँले ऋण बिस्तार, निक्षेप २२ अर्बले मात्र बढ्यो, ऋणमा आक्रमक हुँदा तरलता अभाव

Tata
GBIME
Nepal Life

काठमाडौं। बाणिज्य बैंकहरुले चैत अन्तिम साता २२ अर्ब रुपैयाँले निक्षेप बढाउँदा ऋण ३४ अर्ब रुपैयाँले बृद्धि गरेका छन्।

मंसिरयता एकदमै आक्रमक बनेका बैंकहरुले चालु बर्षमा मात्रै ६ खर्ब ३२ अर्ब रुपैयाँ ऋण बढाएका हुन्। जबकी निक्षेप बृद्धि ४ खर्ब २६ अर्ब रुपैयाँ मात्र छ।

मंसिरयता हरेक साताजस्तो बैंकहरुले २२/२५ अर्बका दरले ऋण बढाइरहेका छन्। अहिले २७ बैंकसँग कुल ऋण ३५ खर्ब ३५ अर्ब पुगेको छ। निक्षेप ३९ खर्ब १३ अर्ब पुगेको छ।

राष्ट्र बैंकले ८० प्रतिशतको कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) ८५ प्रतिशत पुर्याइदिँदा पनि कतिपय बैंकहरु त्यो सीमा नजिक पुगिसकेका छन्। उनीहरुको ऋण दिने क्षमता नै घटिसकेको छ। अघिल्लो साता त बैंकहरुले ४० अर्बले ऋण बढाएका थिए। 

निक्षेपभन्दा ऋण उच्च भएका कारण तरलतामा कमी आएको छ। यही कारण बैंकहरुले आपसमा लिने अन्तर बैंक सापटी दर पनि साढे चार प्रतिशतसम्म पुगिसकेको छ।