आन्तरिक राजस्व वीरगंजले आठ महिनामा ४ अर्ब ४२ करोड संकलन गर्यो, लक्ष्य पूरा हुन सकेन

बिजमाण्डू
२०७७ चैत्र ३० गते ११:०३ | Apr 12, 2021


 

Tata
GBIME
Nepal Life

वीरगंज। आन्तरिक राजस्व कार्यालय वीरगंज पर्साले चालू आर्थिक वर्षको आठ महिनामा ४ अर्ब ४२ करोड ५६ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले चालू आवको गत साउनदेखि फागुन सम्म ५ अर्ब २९ लाख ८५ हजार राजस्व लक्ष्य पाएकोमा ८८.४६ प्रतिशत राजस्व संकलन गरेको हो ।

चालू आवको पछिल्लो आठ महिनामा आयकरतर्फ ९७ करोड १२ लाख ७२ हजार लक्ष्य पाएकोमा लक्ष्यभन्दा ३५.९४ प्रतिशत अर्थात १ अर्ब ३२ करोड ३ लाख ६ हजार संकलन गर्यो। यस्तै  अन्तशुल्कतर्फ ३ अर्ब १६ करोड १६ लाख १५ हजार लक्ष्य पाएको ५२.४३ प्रतिशत अर्थात १ अर्ब ६५ करोड ७७ लाख ३२ हजार संकलन भएको कार्यालयले जनाएको छ।

मूल्यअभिवृद्धि करतर्फ ८२ करोड १३ लाख ८ हजार राजस्व लक्ष्य पाएकोमा लक्ष्य भन्दा ६९.५५ प्रतिशत बढि अर्थात १ अर्ब ३९ करोड २५ लाख ३२ हजार राजस्व लक्ष्य संकलन भएको छ ।

कार्यालयका सूचना अधिकारी हृदयनारायण महतोका अनुसार, घरबहाल करतर्फ २ करोड ८ लाख ७२ हजार लक्ष्य पाएकोमा २ करोड २१ लाख १५ हजार तथा व्याजकर तर्फ २ करोड ४५ लाख ३० हजार लक्ष्य पाएकोमा ३ करोड २९ लाख ३८ हजार राजस्व संकलन भएको छ ।

गत आवको साउनदेखि फागुन सम्म ५ अर्ब ६२ करोड ४५ लाख ७४ हजार राजस्व लक्ष्य पाएकोमा कार्यालयले ४ अर्ब ६० करोड ३९ लाख २ हजार राजस्व संकलन गरेको थियो ।

यस चालू आवमा कोरोना महामारी, व्यवसायीले कर तिर्न नचाहेको र पर्सामा सञ्चालित ७ वटा मदिरा उद्योग मध्ये ६ उद्योगको उत्पादन ठप्प रहेको कारण पनि राजस्व संकलनमा कमी आएको सूचना अधिकारी महतोले बताए ।

उनका अनुसार आधादर्जन मदिरा उद्योग बन्द भए तापनि राजस्व विभागले लक्ष्य नघटाएको र हिमालयन डिस्टीलरी सञ्चालनमा रहे तापनि गोल्डेन ओकको उत्पादन वीरगंज बाहिरबाट गरिरहेकोले राजस्वमा ह्रास आएको उनको भनाई छ ।