डिप्रोक्स लघुवित्तले डाक्यो चैत २० मा साधारणसभा, २०% लाभांश र नाडेप गाभ्ने एजेण्डा

बिजमाण्डू
२०७७ फागुन २४ गते ०८:५४ | Mar 8, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २० गते वार्षिक साधारणसभा डाक्दै लाभांश र मर्जरको एजेण्डालाई अगाडि सारेको छ।

कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने छ। १५ प्रतिशत बोनस सेयर दिने छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ नाघ्ने छ। 

कम्पनीको साधारण सभाले नाडेप लघुवित्त वित्तीय संस्थासँग भएको मर्जर तथा प्राप्ति सम्बन्धि समझदारीलाई अनुमोदन गर्ने छ। 

सभाले संस्थापक सेयरधनीका तर्फबाट तीन जना सञ्चालकहरुको निवार्चन गर्ने छ।