सिटिजन्स बैंक र सुप्रिम क्याफेबीच व्यवसायिक सम्झौता, क्याफेको सेवामा छुट पाउने

बिजमाण्डू
२०७७ फागुन १७ गते १७:२२ | Mar 1, 2021
सिटिजन्स बैंक र सुप्रिम क्याफेबीच व्यवसायिक सम्झौता, क्याफेको सेवामा छुट पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंक र सुप्रिम क्याफे एण्ड लाउन्ज बारबीच व्यवसायिक सम्झौता भएको छ। सम्झौतापछि बैंकका डेविट, क्रेडिट र प्रिभिलेज कार्ड भएका ग्राहकले सुप्रिम क्याफेमा विशेष छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकका १ सय ९ वटा शाखा र ९८ वटा एटीएम छन्। बैंकका सात लाख ग्राहक छन्। बैंकले डिजिटल माध्यमबाट हुने भुक्तानीलाई अगाडि बढाउन क्यूआर कोड लगायतका सेवा पनि दिइरहेको छ।