नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद आजबाट, यसपछि फेरि २०० प्रतिशत जारी गर्ने

बिजमाण्डू
२०७७ माघ १३ गते ०९:३५ | Jan 26, 2021
नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद आजबाट, यसपछि फेरि २०० प्रतिशत जारी गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नारायणी डेभलपमेन्ट बैंकले चुक्ता पुँजी बढाउन आजबाट हकप्रद सेयर निष्कासन सुरु गरेको छ। बैंकले अहिले कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद जारी गरेको हो।

फागुन ३ गतेसम्म आवेदन दिन सकिने छ। बैंकले कुल ६ लाख ५६ हजार १६९ कित्ता सेयर निष्कासन गरेको हो।

यो सेयर जारीपछि चुक्ता पुँजी १३ करोड १२ लाख कायम हुन्छ। यसपछि बैंकले फेरि २०० प्रतिशत सेयर जारी गर्ने अनुमति साधारणसभासँग माग गर्दैछ।

यसपछि चुक्ता पुँजी ३९ करोड ३७ लाख रुपैयाँ पुग्ने छ। चुक्ता पुँजी ५० करोड पुर्‍याउनुपर्ने नियामकीय प्रावधान छ। बाँकी पुँजी बैंकले मर्जरबाट पुर्‍याउने रणनीति लिएको छ।

हकप्रद सेयरकै कारण बैंकको सेयर मूल्य निरन्तर बढिरहेको छ। भर्खरै समस्याग्रस्त अवस्थाबाट मुक्त भएको बैंकको खराब कर्जा ७० प्रतिशतभन्दा बढी छ। तर सेयर मूल्य भने ७४६ रुपैयाँसम्म पुगेको छ। सोमबार ६६० रुपैयाँमा सेयर किनबेच भएको छ।