फूडमाण्डूको अनलाइन फुड फेस्ट, काठमाडौंसँगै पोखरामा सेवा बिस्तार, परिकारमा छुट र मनोरञ्जन

बिजमाण्डू
२०७७ माघ २ गते १५:०३ | Jan 15, 2021
फूडमाण्डूको अनलाइन फुड फेस्ट, काठमाडौंसँगै पोखरामा सेवा बिस्तार, परिकारमा छुट र मनोरञ्जन

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं उपत्यका र पोखरामा रहेर मोबाइल एपबाट रेस्टुरेन्टका परिकार छनोट, अर्डर र भुक्तानी गर्नेका लागि महोत्सव सुरू भएको छ। 

अनलाइनबाट अर्डर लिएर बिभिन्न रेस्टुरेन्टका परिकार घर घर पुर्‍याउने सेवा दिएको फूडमाण्डूले अनलाइन फूड फेस्टिभल आयोजना गरेको हो। काठमाडौंसँगै पोखरामा अनलाइन फूड डेलिभरी सेवा विस्तार गरेको अवसरमा आयोजित साताव्यापी खाना महोत्सव शुक्रबार सुरू भएको छ।

काठमाडौंमा फुडमाण्डूले विगत तीन वर्षदेखि नियमित रूपमा अनलाइन फूड फेस्टिबल आयोजना गर्दै आएको छ। यसपटक पनि महोत्सवमा बिभिन्न रेस्टुरेन्टका परिकारका मूल्यमा छुटका आकर्षक अफरहरू राखिएका छन्।

यसपटकको महोत्सवका अवसरमा विभिन्न प्रकारका खानेकुराका साथै ग्राहकहरुलाई मनोरञ्जन समेत प्रदान गर्ने भएको छ। एक सातासम्म सञ्चालन हुने उक्त अनलाइन फूड फेस्टिबलमा फूडमाण्डूले उत्कृष्ट फुड डिलसहित अग्मेन्टेड रियालिटी गेम आयोजना गर्ने भएको छ। योसँगै पहिलोपटक अनलाइन लाइभ म्युजिक पनि आयोजना गर्ने भएको छ।

लाइभ म्युजिक इभेन्टमा ज्योभन भुजु, संजय महत, उज्वलमान श्रेष्ठ र प्रसन्ना अधिकारीलगायतका कलाकारहरुको प्रस्तुति रहने छ। यसलाई ग्राहक र दर्शकले अनलाइनमार्फत हेर्न-सुन्न सक्नेछन्।

फूडमाण्डूको पोखराका लागि यो महोत्सव पहिलो हो। कम्पनीले केही दिनअघिबाट मात्रै पर्यटकीय नगरी पोखरामा आफ्नो सेवा बिस्तार गरेको थियो। त्यहाँका रेस्टुरेन्टका परिकारको होम डेलिभरी सेवा सुरू भइसकेको कम्पनीले जनाएको छ। 

अनलाइन फूड फेस्टिबलका अवसरमा फूडमाण्डूको मोबाइल एपबाट अर्डर गर्ने ग्राहकहरुलाई आकर्षक क्यासब्याकका साथै छुट पाउने कम्पनीले जनाएको छ। त्यसैगरी, क्यूआर कोडमार्फत् भुक्तानी गर्दा पनि छुट पाउने छन्। फूडमाण्डूले अधिकतम पाँच सय रुपैयाँ बराबरको २५ प्रतिशत सम्म डिस्काउन्टको सुविधा दिने जनाएको छ।  

अनलाइन फूड फेस्टिभलमा कम्पनीले एक रुपैयाँमा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउने जनाएको छ। फेस्टिभलमा राखिएका खेलहरु खेलेर थप डिस्काउन्ट समेत प्राप्त गर्न सक्ने बताइएको छ। त्यसैगरी, फेस्टिभल अवधिभर दिनको तीन पटक एक/एक घण्टाका लागि फ्लास सेल आयोजना गरिने फूडमाण्डूले जनाएको छ। मिस्ट्री ब्यागअन्तर्गत न्यूनतम मूल्यमा सरप्राइज फूड प्राप्त गर्न सक्ने बताइएको छ। 

फूडमाण्डू अनलाइन फूड फेस्टिभलमा काठमाडौंका ३० वटा र पोखराका १४ वटा रेस्टुरेन्टहरु सहभागी हुने बताइएको छ। मोबाइल एप र वेबसाइटमार्फत फूडमाण्डूमा खानेकुरा अर्डर गर्न सकिन्छ।