नेको इन्स्योरेन्सको ४२ करोडको संस्थापक सेयर बिक्री, नागरिक लगानी कोषले उठायो जम्मै

बिजमाण्डू
२०७७ मंसिर १० गते १४:५७ | Nov 25, 2020
नेको इन्स्योरेन्सको ४२ करोडको संस्थापक सेयर बिक्री, नागरिक लगानी कोषले उठायो जम्मै

Tata
GBIME
Nepal Life

काठमाडौं। नेको इन्स्योरेन्सले गत महिना लिलामीमा राखेको संस्थापक सेयरको आज हक हस्तान्तरण भएको छ। कम्पनीका प्रवर्द्धकहरुले प्रति कित्ता ३९५ रुपैयाँमा नघट्ने गरी सेयर लिलामीमा राखेका थिए।

त्यो सेयर नागरिक लगानी कोषले किनेको थियो। कोषले प्रति कित्ता ३९५. २५ रुपैयाँका दरले सबै सेयर सकारेको हो। कोषको १० लाख ७० हजार २०६ कित्ता सेयर नामसारी भएको हो। कम्पनीको कुल ४२ करोड २९ लाख ९८ हजार ५२६ रुपैयाँको सेयर कारोबार भएको हो।

बुधबार तीन वटा कारोबारमार्फत सेयर बिक्री भएको हो। ३५ नम्बर ब्रोकरबाट बिक्री भएर ३४ र २५ नम्बर ब्रोकरबाट खरिद भएको छ। यो मूल्य भनेको अहिलेसम्मकै उच्च हो। 

कम्पनीका सेयरधनी घनश्याम जोशी र इन्द्रबहादुर थापाले यो सेयर बिक्री गरेका हुन्। जोशी एनबि बैंकको सञ्चालक पनि हुन्। थापा भने ऋणका कारण सेयर बेचेर बाहिरिएका हुन्।