दसैंको मौका पारेर टीभीएसले थप्यो नयाँ १२ वटा शोरुम, देशभर १३२ स्थानमा शोरुम

बिजमाण्डू
२०७७ कात्तिक ३ गते १२:३७ | Oct 19, 2020
दसैंको मौका पारेर टीभीएसले थप्यो नयाँ १२ वटा शोरुम, देशभर १३२ स्थानमा शोरुम

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तार गरेको छ। कम्पनीले एकैपटक १२ वटा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। 

कम्पनीले बडादसैंको अवसर पार्दै घटस्थापनाको साइतमा यी नयाँ शोरुम संचालनमा ल्याएको हो। काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्‍याङ, महाराजगञ्जसहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशूली, उर्लाबारी र अर्घाखाँचीमा शोरुम खोलेको हो।

नयाँ १२ सहित अब टिभिएसका देशभर १३२ वटा शोरुम पुगेका छन्। 

नयाँ शोरुम संचालनमा आएको अवसरमा कम्पनीका भाइस प्रेसिडेन्ट दीपककुमार अग्रवालले टिभिएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेयर पार्टस्) सहितका नयाँ शोरुम मार्फत नेपालको सबै स्थानमा टिभिएसको प्रोडक्ट पुगेको बताए। 

१०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरु उपलब्ध छन्।