नयाँ स्कोडा र्‍यापिड टीएसआई नेपालमा, मोर पावर, मोर कम्फर्ट र भ्यालु फर मनी’ भएको कम्पनीको दाबी

बिजमाण्डू
२०७७ साउन २६ गते १५:०४ | Aug 10, 2020
नयाँ स्कोडा र्‍यापिड टीएसआई नेपालमा, मोर पावर, मोर कम्फर्ट र भ्यालु फर मनी’ भएको कम्पनीको दाबी

Tata
GBIME
Nepal Life

काठमाडौं। स्कोडाका गाडीहरूको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ स्कोडा र्‍यापिड टीएसआई नेपालमा सार्वजनिक गरेको छ।

नयाँ स्कोडा र्‍यापिड अघिल्लो पुस्ताको ‍र्‍यापिडभन्दा बढी क्षमता, बढी सुविधा र भ्यालु फर मनी भएको दाबी कम्पनीले गरेको छ। कम्पनीले नयाँ र्‍यापिड पुरानोभन्दा पाँच लाख रुपैयाँ कम अर्थात ३४ लाख ९० हजार रुपैयाँ पर्ने जानकारी दिएको छ।

नयाँ स्कोडा र्‍यापिडमा स्कोडा सुपर्व र स्कोडा अक्टाभिया जस्तो प्रिमियम मोडेलमा प्रयोग गरिने टीएसआई इन्जिन प्रयोग गरिएको पनि कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा छ। नयाँ पेट्रोल टीएसआई र्‍यापिडले ११० पीएस (८१ किलोवाट) पावर र १७५ एनएम टर्क उत्पन्न गर्ने जानकारी दिंदै यो सेग्मेन्टमा सबैभन्दा राम्रो भएको कम्पनीले जनाएको छ।

अघिल्लो पुस्ताको र्‍यापिड १.६ एमपीआईको तुलनामा नयाँ टीएसआई इन्जिनले पाँच प्रतिशत बढी पावर र १४ प्रतिशत बढी टर्क उत्पन्न गर्ने दाबी कम्पनीको छ।

नयाँ र्‍यापिड टीएसआई १.० ले १८.९७ किलोमिटर प्रति लिटरको फ्युल इफिसियन्सी दिने पनि कम्पनीले जानकारी दिएको छ। यो अघिल्लो पुस्ताको र्‍यापिडको तुलनामा २३ प्रतिशत बढी छ । कम्पनीले नयाँ र्‍यापिड पावर, कम्फर्ट र भ्यालु फर मनीको तुलनामा पहिलेभन्दा धेरै परिष्कृत रहेको जनाइएको छ।

स्कोडामा कम्फर्टलाई प्राथमिकतामा राखिएको जानकारी दिंदै कम्पनीले त्यही कारण नयाँ स्कोडा र्‍यापिडमा ४६० लिटर बराबरको बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक रहेको जानकारी दिएको छ। साथै, नयाँ र्‍यापिडका सबै भेरियन्टमा ‘रियर एसी भेन्ट’, ‘अटोमेटिक क्लाइमाट्रोनिक एसी’, ‘टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ’ उपलब्ध रहेको पनि कम्पनीले जानकारी दिएको  छ।

नयाँ र्‍यापिडमा पनि ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी–ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट–अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिनइ मोबिलाइजर’ जस्ता सुरक्षा फिचर राखिएको कम्पनीले जानकारी दिएको छ।

एमएडब्लु स्कोडाका कार्यकारी निर्देशक रौनक अग्रवालले ‘नयाँ स्कोडा र्‍यापिडबाट आफूहरुले धेरै अपेक्षा गरेको बताए। उनले भने, 'यसमा अद्वितीय पर्फमेन्स र असाधारण भ्यालु फर मनीको गज्जब प्याकेज छ।'

उनले, नयाँ र्‍यापिडलाई हेर्न र अनुभव गर्न सोरुममा आउने ग्राहकको संख्या बढिरहेका छन्। टेस्ट ड्राइभ गर्ने हरेक ग्राहकको मन यसले जित्ने विश्वास समेत उनले व्यक्त गरे। कम्पनीले नयाँ स्कोडा  र्‍यापिड टीएसआई १.० मा चार वर्षे सर्भिस प्याकेजको व्यवस्था गरेको छ।

नयाँ र्‍यापिडमा राइडरको मूल्य ३४ लाख ९० हजार, राइडर प्लसको   ३६ लाख ९० हजार, एम्बिसनको ४३ लाख ९० हजार, ओनिक्सको ४४ लाख ९० हजार, स्टाइलको ५० लाख ९० हजार र मोन्टे कार्लोको ५१ लाख ९० हजार रुपैयाँ तय गरिएको पनि कम्पनीले जानकारी दिएको छ।