नेपाल उद्योग परिसंघले पुनर्गठन गर्‍यो उर्जा विकास परिषद्, संयोजकमा ज्ञानेन्द्रलाल प्रधान

बिजमाण्डू
२०७७ साउन २२ गते ११:२७ | Aug 6, 2020
नेपाल उद्योग परिसंघले पुनर्गठन गर्‍यो उर्जा विकास परिषद्, संयोजकमा ज्ञानेन्द्रलाल प्रधान

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग परिसंघले नौ सदस्यीय ऊर्जा विकास परिषद पुनर्गठन गरेको छ। परिषद् संयोजकमा ज्ञानेन्द्रलाल प्रधान छन्।

सदस्यमा परिसंघमा आबद्ध सम्बन्धित क्षेत्रका सदस्य र विज्ञहरु छन्। ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि परिषद् गठन गरिएको परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सार्वजनिक निजी साझेदारीमार्फत ऊर्जा क्षेत्रको विकासमा उल्लेख्य वृद्धि गर्न सक्ने सम्भावना रहेको जनाउँदै ऊर्जा उत्पादनलाई नाफामूलक उद्यमका रूपमा अगाडि बढाउने योजना रहेको परिसंघले जनाएको छ।

ऊर्जा क्षेत्रमा सबैभन्दा कम प्रति व्यक्ति आय भए पनि नेपालमा ऊर्जा क्षेत्रमा कुल बजेटभन्दा बढी खर्च भएको देखिएको परिसंघले जनाएको छ। परिषद्ले 'एक प्रदेशः राष्ट्रिय गौरवको एक विद्युत परियोजना' को अवधारणालाई अघि बढाउने जनाएको छ।

अन्तर्राष्ट्रिय वित्त निगम, एसियाली विकास बैंक, एआईआईबी जस्ता संस्थाहरुको बहुपक्षीय लगानी जुटाउने समेत रणनीति परिसंघको छ।