एफवान सफ्ट ग्रुप सिओओमा शिशिर पछाई नियुक्त, यस्तो छ उनको अनुभव

बिजमाण्डू
२०७७ असार १८ गते ११:४१ | Jul 2, 2020
एफवान सफ्ट ग्रुप सिओओमा शिशिर पछाई नियुक्त, यस्तो छ उनको अनुभव


काठमाडौं। नेपालको आइटी उद्योगमा पायोनियर एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा शिशिर पछाई नियुक्त भएका छन्।
पछाईलाई बुधबार ग्रुप अध्यक्ष विश्वास ढकालले औपचारिक रूपमा स्वागत गरे।

Tata
GBIME
Nepal Life

कान्तिपुर मिडिया ग्रुपको १७ वर्षदेखि अपरेसनमा आफ्नो निरन्तर योगदान दिँदै आएका पछाई एफवान सफ्टमा आबद्ध भएपछि ग्रुपका कम्पनीहरुको अपरेसन हेर्नेछन्।

सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफ्टवेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ। एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो।