कारोबार भैरहेकै बेला पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण, दुईको मृत्यु कैयन् घाइते

बिजमाण्डू
२०७७ असार १५ गते १२:४६ | Jun 29, 2020

Tata
GBIME
Nepal Life

कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको समूहले आक्रमण गरेको छ। घटनामा कम्तीमा  २ जनाको मृत्यु भएको तथा कैयन घाइते भएको बताइएको छ।

स्टक एक्सचेन्जको मुख्य भवनको गेटमै ग्रिनेड आक्रमण गरी बन्दुकधारीहरु भित्र पसेका थिए। उनीहरुले कार पार्किङ स्थलबाट पसेर सबैमाथि गोली वर्षाएको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनामा आक्रमणकारीहरु पनि मारिएको प्रहरीले जनाएको छ। आक्रमणमा कसको संलग्नता रहेको थियो र कतिजना हताहती भए भन्ने बारे स्पष्ट जानकारी आइसकेको छैन। घटना साम्य नभइसकेकाले घटनाको सम्पूर्ण विवरण दिन नसकेको स्टक एक्सचेन्जले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पाकिस्तानको जियो टिभीका अनुसार घटनामा संलग्न चारजना आक्रमणकारी मारिएका छन्।  पाकिस्तान स्टक एक्सचेन्जका निर्देशक अबिद अलि हबिबले भने 'अप्रत्याशित र अकल्पनीय घटना भएको छ। उनीहरुले पार्किङबाट भित्र पसी सबैमाथि गोली चलाएका थिए।'

ब्यस्त समयमा भएको आक्रमणका कारण त्यहाँ रहेका मानिसहरुबीच त्रासदी फैलिएको र उनीहरु निकै हतास भएको उनले बताए। कारोबार भइरहेको समयमा भएको उक्त आक्रमणपछि भवनभित्र रहेका मानिसहरुलाई पछाडिको ढोका बाट उद्धार गरिएको उनले जानकारी दिए।