सशस्त्र प्रहरीलाई देखेपछि भारतबाट टाउकोमा बोकेर ल्याएको १५ लाख रुपैयाँ छोडेर भागे

बिजमाण्डू
२०७७ जेठ २४ गते १४:१५ | Jun 6, 2020

Tata
GBIME
Nepal Life

काठमाडौ। सशस्त्र प्रहरीले अवैधरुपमा भित्र्याएको रकम बरामद गरेको छ। बारास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणबाट खटिएको टोलीले १५ लाख रुपैयाँ बरामद गरेको हो। 

शनिवार बिहान करिब चार बजे सिम्रौनगढ नगरपालिका अमरपुर नाकाको नहरचोकको बाटो हुँदै एक जना व्यक्तिले टाउकोमा बोकी भारतबाट अवैध रूपमा ल्याएको कपडा र १५ लाख रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बिओपि गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक कबिर मल्लको कमान्डमा खटिगएको टोलीलाई देख्नासाथ सामान र पैसा छाडी व्यक्ति भारततर्फ भागेको प्रहरीले जानकारी दिएको छ।

विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीको टोलीलाई त्यस इलाकामा गस्ती गर्न टोली पठाएको थियो।