‘सटर भाडा सरकारले तिरे आफूहरु कर तिर्न तयार’ भन्दै न्यूरोडमा पसल खुल्यो, तस्बिर समाचार

बिजमाण्डू
२०७७ जेठ २२ गते १०:३३ | Jun 4, 2020
‘सटर भाडा सरकारले तिरे आफूहरु कर तिर्न तयार’ भन्दै न्यूरोडमा पसल खुल्यो, तस्बिर समाचार

काठमाडौं। सरकारले घोषणा गरेको लकडाउनले जनजीविका नै खोसिन थालेपछि न्युरोड केही गल्लीका पसलहरु खुलेका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघले पसलहरु खोल्ने निर्णय गरेको थियो।

Tata
GBIME
Nepal Life

आज बिहानै व्यवसायीहरु पसलमा पुगेर सटर उघारेका हुन्।

उनीहरुले सरकारको लकडाउन मोडालिटीको विरोधदेखि कर तिर्न गरेको ताकेताको समेत विरोध गरेका थिए।

'हाम्रो तीन महिनाको पसल भाडा तिरेदेखि सरकार- कर तिर्न तयार छौं' लगायतका नारा लगाउँदै उनीहरुले पसल खोलेका हुन्।

सरकारले ७३ दिनदेखि लकडाउन जारी राखे पनि लकडाउन बाहेक अन्य विकल्प खोज्न नसक्दा व्यापारीदेखि आम सर्वसाधारण मर्कामा परेका छन्। त्यसैले अहिले देशभर सरकारको रवैया र लकडाउनको विरोध भइरहेको छ।