जेठ २५ भित्र कर तिर्न नसक्ने सरकारलाई व्यवसायीको जवाफ, ‘ थुन्ने अनि कर तिर भन्ने?'


काठमाडौं। लकडाउनको अवधिमा कर तिर्न नसक्ने उद्योगी व्यवसायीले सरकारलाई जवाफ दिएका छन्।

‘सरकारले हामीलाई घरमा थुनेर राखेको छ। घरमा थुनेर राखेको अवस्थामा कहाँबाट पैसा ल्याएर कर तिर्ने ?’ उनीहरुले प्रश्न गर्दै भनेका छन्, ‘लकडाउन खोलेको केही समयपछि मात्रै कर तिर्न सकिन्छ।’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यापार नभएको अवस्थामा कर तिर्न नसकिने बताए।

Sipradee
Sanima Bank
Riddisiddi Cement

‘अरु देशले धेरै राहत दिएका छन्। तर हाम्रो देशले लकडउनमै कर तिर्न भनिएको छ, यो कसरी सम्भव हुन्छ ?,' उनले बिजमाण्डूसँग भने, ‘कुनै व्यापार छैन, कुनै आम्दानी छैन, सबै जना घरमा बसिरेहका छन्। कसरी कर तिर्ने ?’ उनले लकडाउन नखोली कर तिर्न नसकिने बताउँदै जेठ २५ गते सबै कर तिर्न आएको सूचना पुनर्विचार गर्नुपर्ने धारणा राखे।

‘व्यवसायीले कर्जा लिएर कर तिर्ने हो। यो समयमा कर्जा लिन सक्ने अवस्था पनि छैन। हामीले बुझे अनुसार सर्वोच्च अदालतले पनि यो समयलाई शून्य समय भनेको छ,’ गोल्छाले भने, ‘कठिन अवस्थामा सरकारले यस्तो गर्ला भनेर हामीले सोचेका पनि थिएनौं।‘ लकडाउन अवधिमै कर तिर्न नसकिने नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले बताए। उनका ‍अनुसार मंगलबार नै अर्थसचिव शिशिरकुमार ढुंगानासँग भेटेर कर तिर्ने समय पर सार्न आग्रह गरिनेछ।

मोरले आर्थिक वर्ष सकिन लाग्दा सरकारलाई राजस्वको स्रोतको दबाब भए पनि करको मिति तोक्नु जायज नभएको बताए। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले जेठ मसान्तसम्म लकडाउन थपेर कर तिर्न ताकेता गर्नु सरकारको गम्भीर गल्ती भएको बताए। उनले सर्वोच्च अदालतले शून्य समय भन्ने तर सरकारले भने कर तिर्न आदेश जारी गर्ने विरोधाभाषपूर्ण निर्णय भएको बताए।

सरकारले सबै व्यवसायीलाई कालोसूचीमा राख्न कर तिर्ने आदेश जारी गरेको नेपाल अटोमोबाइल एशोसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए। ‘लकडाउनको समयमा मानिस खानेकुराको जोहो गर्नुपर्ने अवस्था छ। यो अवस्थामा कहाँबाट पैसा ल्याएर सरकारलाई बुझाउनु ?,’ उनले भने, ‘राम्रा व्यवसायीलाई पनि कालोसूचीमा राख्नका लागि तयारी गरेको देखिन्छ।’

सामान बिक्री भए पनि पैसा नउठेको अवस्थामा कर कसरी तिर्ने भन्ने विकल्प नभएको उनले बताए। ‘हामीले सामान बिक्री गरेका व्यवसायी समेत घरमा थुनिएर बसेका छन्। उनीहरुले दिनुपर्ने पैसा आएको छैन्। यस्तो अवस्थामा कसरी कर तिर्ने ?,’ दुलालले भने, ‘सरकारले व्यवसायीलाई न्याकेर उठ्नै नसक्ने अवस्था बनाउन खोजेको देखिन्छ।’


Share this Story

   

Shyam G Pokhrel[ 2020-06-02 04:57:58 ]
२०६३ सालको जन आन्दोलन खोजेछन क्या नेता हरुले । अबुज हुन कि दादागिरी गरेको हो इ नेताले बुझ्न् गारो भो ।


Tilak Paudel[ 2020-06-02 10:16:37 ]
धेरै पढेलेखेका अर्थ मन्त्री हुदा जनतालाइ तनब हुदोरहेछ । घरमा थुन्ने अनि कर तिर्न जा भन्ने ????


Nawaraj Dallakoti[ 2020-06-02 08:55:05 ]
कति न्यायिक र ब्यबहारिक छ हाम्रो सरकार ७१औ दिनदेखि व्यापार ब्यबसाय बन्द छ। अझै बन्दाबन्दी जेष्ठ ३२ गतेसम्म गर भन्छ। सुचना निकालेर ब्यबसायिले तिर्नुपर्ने सबैकिसिमको दाइत्व तिर्न ताकेता गर्छ।
अंश अंश को असन्तुष्टि र अन्यायको मात्रा समष्टिमा शासकको बिरुद्ध केन्दृत हुनेछ।अमेरिकि जनताको असन्तुष्टि यसैको उदाहरण हो चेतना भया।


Govinda Govin[ 2020-06-02 11:07:59 ]
यी सबै खालका भ्रष्टाचारीहरुका पैसा लुटाैं जेठ २४ भित्र अनि कर तिर्नतिर लागाैं !


Tamang Indra[ 2020-06-02 05:06:54 ]
गोरु बुडो भय भिर खोज्छ मान्छे वुडो भय निउ खोज्छ भनेको यहि रहेछ । अब मानबता हराको हो।।


Surendra Pradhan[ 2020-06-02 11:52:18 ]
उद्योग, पसल, श्रीमतिको गर-गहना, घरका भांडा-कुंडा, आफु बसेको आवास, जे बेच्न परे पनि बेचनुस, तर कर चै तिर्नै पर्छ-स्पष्ट कुरा।

त्यों पनि जेष्ठ २५ गते भित्रै।

यस्ता बेला पनि कर नतिर्ने भए, किन हामीलाई भोट दिएको त।
copied


Aakhir Dhakal[ 2020-06-02 01:13:28 ]
कर नतिरे संसदको तलब भत्ता रोकिने भयो त, अनि के गरुन बिचराले ।


Krit Sharma[ 2020-06-02 01:16:47 ]
Samsad ra VIP ko sankhya dhatayer 101 laun lagau tyo bachat le desh banx


Mohan Shrestha[ 2020-06-02 03:52:25 ]
Mental. Vayo ki k ho artha Mantri jiu lai?


Minraj Raawal Laamchhaane Gurung[ 2020-06-03 07:34:25 ]
हामीले कहाँबाट ल्याउने लक डाउन कसले दिने भेट्न असम्भव


Manoj Lamichhane[ 2020-06-02 04:21:56 ]
भ्रष्ट मात्रै भए ! प्रष्ट हुनै सकेनन ? जाबो भन्दिने त हो नी ? खुल्या भोली पल्ट तिर भन्देको भए त सामान्य नै हुन्थ्यो नी हगी ?


Bijaya Raj Joshi[ 2020-06-02 10:42:02 ]
सबै लाई थुनी आर्थिक कारोबार ठ्प्प पारी अब कर न लिय आफ्नो भत्ता र तलब कसरि खाने


Karki Vishnu Bahadur[ 2020-06-02 10:11:25 ]
Revolution for pay tax
कर तिर्ने म्याद एक बर्ष थप भएन भने नेपाल पनि अमेरिका बन्न सक्छ


Rajeshwor Rajesh[ 2020-06-02 09:03:23 ]
आर्थिक कारोबार ठप्प पार्ने ? अनी कहाँबाट कर तिर्ने ?


Sushil Santhalia[ 2020-06-04 03:56:04 ]
Prati ek nepali mathi rs 39000 barabar rin cha . Sarkar ko dhikuti pani khali cha .byapari sang bank ko byaj ,ghar bhada ,karmachari ko talab tirna lai paisa chaina.byapari rin ma dubisakyo. Byapari lai kasari bachaune kasari majdur lai rojgari dilaune bhane soch nagari jhan byapari bat kar wasul garne kasto sarkar ho?


Sharda Nanda Jha[ 2020-06-02 08:26:56 ]
खुल्ला भए पछि 1 महिना समय दिनुपर्छ।


Sudeep Man Singh Basnet[ 2020-06-02 08:19:55 ]
हुने कुरा पाे गर्नु कस्ताे हाे कहाबाट तिर्ने


Baburam Aryal[ 2020-06-02 08:44:58 ]
बन्दमा व्यबसाहीले कसरी कर तिर्छ सरकार?


Ram Laxmi Gaiju[ 2020-06-03 03:22:34 ]
हाे नी सबै व्यबसाहीहरु एक हुनुपछ अब त अति भयाे


Jiten Gosain[ 2020-06-02 10:38:43 ]
Udair kar karayla aau paisa liyar


Kedar Pj[ 2020-06-02 04:13:34 ]
kati lai thundo rahexa hereum


Ghanashyam Rajbanshi[ 2020-06-03 12:16:04 ]
Natirne,,,3nahina ko ta jhanee natirne


Looja Man Rajbhandari[ 2020-06-02 08:36:00 ]
सहि कुरा! यो बल मिच्याई भयो!


Keshar Pradhan[ 2020-06-03 01:49:02 ]
2.mahina.dekhi.lok.dawan.kaha.dekhi.garib.le.kar.baink.ko.kista.tirnu.sakcha.you.kura.sarkar.le.bujhne.kura.ho


टीकाथापा टीकाथापा[ 2020-06-04 09:22:16 ]


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell