जेट एयरवेज किन्न पूर्व कर्मचारीलगायत १२ कम्पनीले चासो देखाए, २ महिनाभित्र छिनोफानो हुने

बिजमाण्डू
२०७७ जेठ १६ गते १४:२९ | May 29, 2020

Tata
GBIME
Nepal Life

भारतीय वायुसेवा कम्पनी जेट एयरवेज लिलामी प्रकृयाका लागि १२ वटा कम्पनीले चासो देखाएका छन्। कम्पनी खरिदका लागि जेट एयरवेजमै कार्यरत पूर्व कर्मचारी देखि क्यानेडियन वायुसेवा कम्पनी इच्छुक रहेका छन्।   

चौथो चरणको लिलामी प्रक्रियासम्म आइपुग्दा यस अघि इच्छा देखाएका  दुई कम्पनी सिनर्जी ग्रुप र आदि ग्रुप भने पछि हटेका छन्।
यी दुई कम्पनीले जेट एयरवेज खरिदका लागि अघिल्ला राउण्डको लिलामी प्रक्रियामा चासो देखाउँदै आएका थिए।

एक वर्ष भन्दा बढी समयावधिदेखि ग्राउण्डेड रहेको यो कम्पनीलाई ऋणदाताहरुले सन् २०१९ देखि टाट उल्टेको घोषणा गरी लिलामी प्रक्रियाका जान भारतको नेशनल कम्पनी ल ट्रिब्युनलमा  पठाएका हुन्।     
    
'हामीले १२ वटा इच्छुक कम्पनीको आवेदन पाएका छौँ। अहिले हामी इच्छुक कम्पनीहरुको अध्ययन गरिरहेका छौँ।' लिलामी प्रक्रियामा आवद्ध एक अधिकारीले भनेका छन्।

एजेन्सीले तया पारेको विवरण अनुसार जेट एयरवेज खरिदका लागि बेलायतको कार्लोक क्यापिटल, हैदरावादको टर्बो एभिएसन, अल्फा एयरवेज, इम्पियल क्यापिटल, क्यानडियन नागरिक शिव राशिया, उद्यमी सञ्जय माण्डाविया, आदि ग्रुप, सिनर्जी ग्रुप, जेट एयरवेजमै कार्यरत कर्मचारी संस्थापक  समुह लगायत रहेका छन्।

आवेदकमध्ये चारवटा कम्पनीलाई अन्तिम चरणकालागि छनौट गरी  प्रक्रिया अघि बढाइने बताइएको छ। एजेन्सीका अनुसार सर्ट लिस्टमा परेका चारवटा कम्पनीको आगामी दुई महिनाभित्र अन्तिम छनौट गरिने छ।

'महाराष्ट्र सरकारले लागू गरेको लक डाउनका कारण लिलामी प्रक्रिया समाप्तिको समय बढाएर अगस्ट २१ तारिखसम्म पुर्याइएको छ। ' जेट एयरवेजका रिजोलुसन प्रोफेसनल आशिष छावछारियाले भनेका छन्।

यो कम्पनीले विभीन्न ऋण दातालाई ३७ हजार तीन सय करोड भारु बुझाउन बाँकी रहेको छ।  यसअन्तर्गत इन्सल्भेन्सी एण्ड बैंकरप्सी बोर्ड अफ इन्डिया आईबिबिआईमा आबद्ध लिलामी तथा टाट उल्टेको प्रक्रियामा सघाउन नियुक्त गरिएका बिज्ञ तथा अधिकारीलाई तिर्न बाँकी १५,९०० करोड भारु तथा स्टेट बैंक अफ इन्डिया यस बैंक र पंजाब नेशनल बैंक जस्ता बैंकहरुको समूहबाट लिएको ८ हजार करोड भारु समेत पर्छ।