विगतमा कर छलेकालाई 'बम्पर' छुट: दुई वर्षको कर तिरे त्यसअघिको हिसाब किताब नखोजिने



काठमाडौं। सरकारले विगतमा कर नतिरी सम्पत्ति बढाइरहेकाहरुलाई लाभ हुने बम्पर छुट नीति ल्याएको छ। 

विगतमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए त्यस्ता ब्यक्तिलाई आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को बुझाउनुपर्ने कर आउँदो फागुनसम्म बुझाए शुल्क तथा ब्याज नलाग्ने भएको छ।

सरकारले बिहीबार सार्वजनिक गरेको बजेटमा यस्तो ब्यवस्था गरिएको हो। तर यसरी कर बुझाउनका लागि स्थायी लेखा नम्बर अनिवार्य रूपमा लिनु पर्ने छ।

Sipradee
Sanima Bank
Riddisiddi Cement

यसरी आय विवरण र कर बुझाएमा त्यस अघिका वर्षहरुको आय विवरण र त्यसमा लाग्ने कर, शुल्क र ब्याज बुझाउनु पर्दैन। 

विगतमा ब्यक्तिगत तवरमा कर छलिरहेकाहरुलाई यो बम्पर उपहार हो। खासगरी घरजग्गा ब्यवसाय र अन्य ब्यापार लगायतबाट कमाएकाहरुलाई लक्षित गर्दै यो ब्यवस्था गरिएको हो। 

फागुनसम्म पनि नबुझाएमा भने कर, शुल्क, ब्याज र जरिवाना सबै लाग्ने छ।


Share this Story

   

Looja Man Rajbhandari[ 2020-05-29 01:57:04 ]
कर तिर्नेलाई प्रोत्साहन खोइ?? यसले कर नतिर्ने प्रवुत्तीलाई प्रसय दिदैन??


Gautam Deepak[ 2020-05-29 05:08:11 ]
बिनोद दादा लाई मस्ती हुने भो क्यार।


Ashis Maskey[ 2020-05-30 06:27:13 ]
Kalo dhan goro bnaune idea


Radha Krishna Bartaula[ 2020-05-29 01:20:19 ]
Jahilepani niyam kanunko palana garne bhandha palana nagarnele faidauthayeko dhekhinchha


Narbada Shrestha[ 2020-05-29 12:23:15 ]
Ncell lai pani ho ki


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell