BIZMANDU
www.bizmandu.com

विगतमा कर छलेकालाई ‘बम्पर’ छुट: दुई वर्षको कर तिरे त्यसअघिको हिसाब किताब नखोजिने

२०७७ जेठ १५


काठमाडौं। सरकारले विगतमा कर नतिरी सम्पत्ति बढाइरहेकाहरुलाई लाभ हुने बम्पर छुट नीति ल्याएको छ। 

Tata
GBIME
Nepal Life

विगतमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए त्यस्ता ब्यक्तिलाई आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को बुझाउनुपर्ने कर आउँदो फागुनसम्म बुझाए शुल्क तथा ब्याज नलाग्ने भएको छ।

सरकारले बिहीबार सार्वजनिक गरेको बजेटमा यस्तो ब्यवस्था गरिएको हो। तर यसरी कर बुझाउनका लागि स्थायी लेखा नम्बर अनिवार्य रूपमा लिनु पर्ने छ।

यसरी आय विवरण र कर बुझाएमा त्यस अघिका वर्षहरुको आय विवरण र त्यसमा लाग्ने कर, शुल्क र ब्याज बुझाउनु पर्दैन। 

विगतमा ब्यक्तिगत तवरमा कर छलिरहेकाहरुलाई यो बम्पर उपहार हो। खासगरी घरजग्गा ब्यवसाय र अन्य ब्यापार लगायतबाट कमाएकाहरुलाई लक्षित गर्दै यो ब्यवस्था गरिएको हो। 

फागुनसम्म पनि नबुझाएमा भने कर, शुल्क, ब्याज र जरिवाना सबै लाग्ने छ।