कुमारी बैंकले कोभिड नियन्त्रणका लागि ७० लाख रुपैयाँ दिने, प्रत्येक प्रदेशलाई १० लाख

बिजमाण्डू
२०७६ चैत्र १९ गते १४:०३ | Apr 1, 2020
कुमारी बैंकले कोभिड नियन्त्रणका लागि ७० लाख रुपैयाँ दिने, प्रत्येक प्रदेशलाई १० लाख

Tata
GBIME
Nepal Life

काठमाडौं। कुमारी बैंकले कोभिड नियन्त्रणका लागि स्थापना भएको राष्ट्रिय राहत कोषमा ७० लाख रुपैयाँ दिने भएको छ। प्रत्येक प्रदेशलाई १० लाखका दरले ७० लाख रुपैयाँ बैंकले दिने भएको हो।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले यो रकम दिन लागेको हो। बैंकको गण्डकी प्रदेश प्रमुख नवीनराज पौडेलले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

कोरोनाको प्रकोपलाई फैलननदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी यो रकम दिएको बैंकले जनाएको छ। लकडाउनमा पनि बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू दिएको जनाएको छ।