ज्यालादारी मजदुरलाई मारवाडी सेवा समितिको राहत, चामलदेखि चिउरासम्म वितरण, कहाँ पाइन्छ?

बिजमाण्डू
२०७६ चैत्र १९ गते ११:५१ | Apr 1, 2020
ज्यालादारी मजदुरलाई मारवाडी सेवा समितिको राहत, चामलदेखि चिउरासम्म वितरण, कहाँ पाइन्छ?

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना भाइरसका कारण देश ठप्प भएपछि आय आर्जन र गुजाराको विकल्पविहिन भएकाहरुलाई मारवाडी सेवा समितिले राहत वितरण गर्ने भएको छ । 

समितिले दैनिक ज्यालादारीमा मजदुरी गर्ने र विपन्न परिवारका लागि काठमाडौं उपत्यकामा आजबाट राहत वितरण गर्न थालेको बताएको छ ।

मारवाडी सेवा समितिले विभिन्न दश प्रकारका सामग्रीहरु राखेर राहत प्याकेज तयार पारेको छ । जसमा चामल (५ केजी), चिउरा (२ केजी), तेल (आधा लिटर), नुन (१ केजी), दाल (१ केजी), आलु (२ केजी), मरमसला (३०० ग्राम), चाउचाउ (५ प्याकेट), साबुन (२ थान) र मास्क (४ वटा) रहेका छन् ।

यी सामग्रीहरु लक्षित व्यक्ति वा परिवारले आफ्नो नजिकको वडा कार्यालयमा सम्पर्क गरेर लिन सक्ने समितिले जानकारी दिएको छ । यसबाहेक भ्यानमा राखेर पनि समितिले राहत वितरण गरिरहेको छ । 

कुनै व्यक्ति तथा परिवार भोकै रहेको जानकारी कसैलाई भए उनीहरुलाई वडा कार्यालयमा सम्पर्क गराइदिन पनि समितिले आग्रह गरेको छ ।