विश्व आर्थिक मन्दीमा, मुद्रा कोषले भन्यो ‘अर्थव्यवस्था सुधार्न ठूलो रकमको खाँचो देखिँदै’

बिजमाण्डू
२०७६ चैत्र १६ गते ०८:०१ | Mar 29, 2020

वाशिंगटन। कोरोना भाइरसका कारण संसारभरिको अर्थव्यवस्था आर्थिक मन्दीमा प्रवेश गरिसकेको अन्तर्राष्ट्रीय मुद्रा कोषले जनाएको छ। कोषकी प्रमुख क्रिस्टलिना जर्जीवाले यस्तो बताएकी हुन्। 

Tata
GBIME
Nepal Life

कोरोना भाइरसको संकटका कारण आएको यो अवस्था पार गर्न विश्वका धेरै विकसित मुलुकका लागि चुनौति बढेको छ। उनका अनुसार यो संकटबाट पार पाउन विकसित अर्थव्यवस्था भएका मुलुकलाई अझ धेरै रकम र ठूलो मद्दतको आवश्यकता देखिएको छ। 

जॉर्जीवाका अनुसार यस्तो संकटको अवस्थामा पनि राम्रो मान्नुपर्ने कुरा के हो भने संसारभरका शीर्ष नेताहरूले यो बुझेको देखाएका छन् की मिलेर सामना गरियो भनेमात्रै कोरोनाविरूद्ध स्थिति सुधार्न सकिन्छ। उनले भनेकी छन् 'यो स्पष्ट की हामी आर्थिक मन्दीको अवस्थामा प्रवेश गरिसकेका छौं। दुनियाभरिको इकोनॉमी एकाएक रोकिएको छ। यस्तो बेलामा प्रमुख बजारहरूलाई संकटको सामना गर्न कम से कम २.५ लाख करोड़ डॉलर मद्दतको खाँचो देखिएको छ।' 

आइएमएफ प्रमुखका अनुसार अहिलेसम्म ८० भन्दा बढी देशका संस्थाहरूले आर्थिक संकटबाट पार पाउन मद्दत आवश्यक भइसकेको बताइसकेका छन्। विश्वको यो मन्दीको असर दुई कुरामा निर्भर गर्छ- 'पहिलो, कोरोनाको मर्का कहाँसम्म कति पर्छ र दोस्रो, संसारभरका शीर्ष नेतृत्वले यो सँग जुध्न मिलेर प्रयास गर्छन्/गर्दैनन्।' 

ठूलो आर्थिक मन्दीको अवस्था आएको भए पनि मिलेर काम गरे 'रिकभरी' सम्भव भएको जर्जिवाले बताएकी छन्। मिलेर काम गरे कोरोना भाइरसको नियन्त्रण सम्भव हुनेछ। उनले भनेकी छन्, 'हामी २०२१ मा यो स्थितिबाट सुधार आउने अपेक्षा गर्छौं। भाइरस फैलिएका सबैतिर नियन्त्रण हुँदै गए आर्थीक अवस्था सुधारको प्रयास वास्तवमै गज्जबको हुनेछ र तरलताको समस्या आउने छैन।'