एनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’, १०० रुपैयाँको मेन ब्यालेन्सको खर्चमा डेटा बोनस

बिजमाण्डू
२०७६ चैत्र ६ गते ११:०९ | Mar 19, 2020
एनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’, १०० रुपैयाँको मेन ब्यालेन्सको खर्चमा डेटा बोनस


काठमाडौं। एनसेल प्रालिले विभिन्न सेवाहरूको बन्डलिङ सहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको छ। युवाहरु लिक्षत नयाँ स्किमबाट सुलभ दरमा सेवाहरू लिन सकिने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिकप्रो निःशुल्क सुचारु गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने यो सिमका विषेशता हुन्। 

ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन पाईने डेटा प्याकहरुबाट फाइदा लिन सकिने एनसेलले जनाएको छ।

ग्राहकले करसहित ९९ रुपैयाँमा बिहीबारदेखि सिम लिन सक्ने छन्। यो सिम लिनका लागि नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रतिफोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ। 

यो सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा (२५० एमबीफोरजी सहित), १० मिनेट अन नेट टक टाइम र १०० वटा अन नेट एसएमएस पाउनेछन्। सिमसँगै बन्डल भई आउने पीआरबीटी (सेवा र स्वतःआउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामाम्युजिकप्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुनेछन्। 

नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरातभित्रै १०० रुपैयाँ वा त्यसभन्दामाथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा बोनस र माईफाइभ सेवा १२ महिनासम्मका लागि पाउने छन्। 

प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि त्यही दिनको मध्यरातसम्म हुनेछ। माईफाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माईफाइभ नम्बरहरूमा बिना कुनै शुल्क कुरा गर्न सकिने छ विज्ञप्तिमा उल्लेख छ। बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिने एनसेलले जनाएको छ।

योजनाअन्तर्गत ग्राहकले प्रत्येक १०० रुपैयाँको खर्चमा ५०० एमबी (२५० एमबी अलटाइम र २५० एमबीफोरजी) बोनस डेटा १२ महिनासम्म प्राप्त गर्नेछन्। 

‘सही यो! पावर सिम’ प्रयोग गर्ने ग्राहकका लागि डेटा प्याक पनि छन्। ग्राहकले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरी गेमिङ प्याक र म्युजिक प्याक खरिद गर्न सक्नेछन्। ग्राहकले कर बाहेक ११० रुपैयाँमा गेमिङ प्याक सुचारु गर्न सक्नेछन्, जसअन्तर्गत सात दिन समयावधि रहेको २ जीबीप्राप्त गर्नेछन्। 

यसका साथै सात दिनसम्म डिजिटल सर्भिस् (प्लेलाइभ, गेम्सपार्क र गेम्स प्लस) निःशुल्क सुचारु गर्न सक्नेछन्। त्यस्तै, ग्राहकले कर बाहेक १०५ रुपैयाँमा म्युजिक प्याक सुचारु गर्न सक्नेछन्। म्युजिक प्याकअन्तर्गत ग्राहकले सात दिन समयावधिको २ जीबीडेटा प्राप्त गर्नेछन्। यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (हङ्गामाम्युजिकप्रो र दामीम्युजिक) निःशुल्क सुचारु गर्न सक्नेछन्।