ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजारमा शाखा, स्थानीयको आर्थिक गतिविधिमा टेवा दिने

बिजमाण्डू
२०७६ फागुन ६ गते १२:१६ | Feb 18, 2020
ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजारमा शाखा, स्थानीयको आर्थिक गतिविधिमा टेवा दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ।

शाखाको उद्घाटन डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ काअध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल र बैंक अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले डोटी लगायत देशका अन्य जिल्लाहरुमा बैंकको शाखा संजालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए।

बैक अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट आधुनिक एवं अन्तर्राष्ट्रियस्तरको बैंकिङ्ग सेवा उपलब्ध हुने प्रतिवद्धता व्यक्त गरे। अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोहि क्षेत्रमानै परिचालन गर्ने र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्चिने बताए।

एफएनसीसीआई प्रदेश ५ का अध्यक्ष तिवारीले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै उद्यमको विकासमा लगानीका लागि आग्रह गरे। डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेलले बैंकले गाउँघरमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरे।