सिप्रदीको भ्यालेन्टाइन अफर, गाडी किन्नेले माल्दिभ्स भ्रमण गर्न पाउने, बुकिङ गर्नेले रिङ पाउने

बिजमाण्डू
२०७६ माघ २८ गते १४:२१ | Feb 11, 2020
सिप्रदीको भ्यालेन्टाइन अफर, गाडी किन्नेले माल्दिभ्स भ्रमण गर्न पाउने, बुकिङ गर्नेले रिङ पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। सिप्रदी ट्रेडिङले भ्यालेन्टाइनलाइ लक्षित गर्दै टाटा मोटर्स भ्यालेन्टाइन विक ह्रिल्स अफ लभ कार्यक्रम ल्याएको छ।

सिप्रदीको थापाथली शोरुममा फेब्रुअरि १३ देखि १५ सम्म लागु हुने योजनामा टाटाको एचफाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो अवधिमा गाडी किन्नेले माल्दिभ्समा एक जोडीले भ्रमण गर्न पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बुकिङ गर्नेले डाइमण्ड रिङ र प्रत्येक भ्यालुएसनमा परफ्युम र निशुल्क एसेसरिज पाउनेछन्। कम्पनीले यो वाहेक एक सडक शुल्क निशुल्क गरेको छ।