सेञ्चुरी बैंकका ग्राहक र सेयरधनीलाई रुपन्देहीको मौर्य होटलमा १२ प्रतिशत छुट

बिजमाण्डू
२०७६ माघ २६ गते १३:१३ | Feb 9, 2020
सेञ्चुरी बैंकका ग्राहक र सेयरधनीलाई रुपन्देहीको मौर्य होटलमा १२ प्रतिशत छुट


काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक र रुपन्देही स्थित मौर्या होटेल प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ। 

Tata
GBIME
Nepal Life

नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहक तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको हो। 

होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्रीलगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतापत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र मौर्या होटेलका ब्यावस्थापकीय संचालक रामबहादुर कोइरीले हस्ताक्षर गरेका छन्।