टाटाको नेक्सन एसयुभी नेपाली बैंकिङ क्षेत्रमा लोकप्रिय, बिक्री र बुकिङ बढ्दा सिप्रदी उत्साहित 

बिजमाण्डू
२०७६ माघ २१ गते ११:४५ | Feb 4, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। 'ग्लोबल एनक्याप' बाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनको नेपालमा बिक्री बढेको छ।

टाटा मोटर्सले गत वर्ष बजारमा ल्याएको टाटा नेक्सन बैंक तथा वित्तीय संस्थाहरूको रोजाइको सवारीसाधन बनेको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ। हालैमात्र हिमालयन बैंक लिमिटेडलाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू डेलिभरी गरिएको सिप्रदीले मंगलवार जनाएको हो। 

यसअघि नेपाल एसबिआई बैंक तथा अन्य बैंकहरुलाई पनि टाटा नेक्सन लगायतका गाडीहरू डेलिभरी गरिएको सिप्रदीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। अन्य बैंक तथा वित्तीय संस्थाहरु र व्यवसायिक क्षेत्रहरुबाट पनि टाटा नेक्सन खरिदका लागि अग्रिम बुकिङ भइरहेको छ । 

सुरक्षाका दृष्टिले फाइभ स्टार रेटिङ प्राप्त गर्न सफल एसयूभी टाटा नेक्सनको डिजाइनमा यात्रुको पूर्ण सुरक्षाका लागि बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्यायइएको उत्पादक कम्पनी टाटा मोटर्सले जनाएको छ । २०९ एमएम ग्राउन्ड क्लियरेन्स रहेको र डुअल फ्रन्टल एअरब्यागहरू जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ।

एरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन एसयुभी पाँचवटा भेरियन्टहरू पेट्रोल र डिजेल दुवै इञ्जिनमा बजारमा उपलब्ध छन्।