नोकियाको अधिकृत बिक्रेतामा टेलिटक, नोकियाको इन्ट्री लेभलको स्मार्टफोन ल्यायो

बिजमाण्डू
२०७६ पुष ६ गते १०:०७ | Dec 22, 2019
नोकियाको अधिकृत बिक्रेतामा टेलिटक, नोकियाको इन्ट्री लेभलको स्मार्टफोन ल्यायो

Tata
GBIME
Nepal Life

काठमाडौं। नोकिया मोबाइलको अधिकृत बिक्रेता टेलिटकले नोकियाको इन्ट्री लेभलको २.३ स्मार्टफोन बजारमा ल्याएको छ। यो फोनमा ६.२ एचडी स्क्रीन, डुअल क्यामरा र  दुई दिनसम्म टिक्ने ब्याट्री छ। मोबाइलमा एन्ड्रोइड १० छ। तीन वर्षसम्म मासिक सेक्युरिटी अपडेट र दुई वर्षसम्म एन्ड्रोइड ओएस अपडेट ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ।

मोबाइलमा हेलियो ए-२२ क्वाड कोर प्रोसेसरले पावर छ । कम्पनीका अनुसार मोबाइलमा डिभाइस सीपीयूमा २ जीबी र्‍याम र ३२ जीबी  स्टोरेज छ।

यो मोबाइलको ड्युल क्यामरामा  पछाडि १३ मेगा पिक्सेल प्राइमरी सुटर र २ मेगा पिक्सेल डेफ्ट सेन्सरका साथै अगाडि ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सूटर लेन्स जडान रहेको कम्पनीले जनाएको छ। यो मोबाइलको मूल्य ११ हजार ९ सय ९९ सय रूपैयाँ पर्छ।