एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’, १२.७७ रुपैयाँमा रातभरी कुराकानी गर्न सकिने

बिजमाण्डू
२०७६ पुष ३ गते ०९:४० | Dec 19, 2019
एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’, १२.७७ रुपैयाँमा रातभरी कुराकानी गर्न सकिने

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेलका प्रिपेड ग्राहकहरूले अब एनसेल नेटवर्कभित्र सस्तो दरमा कुराकानी गर्न पाउने भएका छन्। एनसेलले विज्ञप्ति जारी गर्दै आफ्ना साथीभाई तथा आफन्तसँग रातिको समयमा अझै सुलभ दरमा असिमित कुराकानी गर्न सक्ने जनाएको छ।
 
एनसेल प्राइभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ स्किम ल्याएको छ। यसमा एनसेल नेटवर्कभित्र रहेकाहरूसँग बेलुका १० बजेदेखि विहान ६ बजेसम्म १० रूपैयाँ (१२.७७ रूपैयाँ करसहित) मा असीमित कुराकानी गर्न सक्ने छन्। 
 
यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहीबारदेखि संचालनमा आउने छ। यो प्याक सुचारू गर्न चाहनेले *१७११८*३#  डायल गरि प्याक सुचारू गर्न सक्छन्। त्यस्तै एसएमएसमार्फत यो प्याक सुचारू गर्न ग्राहकले अंग्रेजीको ठूलो अक्षर ‘एनयु’ टाइप गरि १७११८ मा एसएमएस पठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ। प्याक सुचारू गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ। 
 
यो स्किम चैत ४ गतेसम्म संचालनमा रहने छ।