सानिमाको वार्षिकोत्सवमा छुटैछुट, डिजिटल सेवाबाट सामान खरीदमा छुट पाउने

बिजमाण्डू
२०७६ मंसिर १९ गते २०:२९ | Dec 5, 2019
सानिमाको वार्षिकोत्सवमा छुटैछुट, डिजिटल सेवाबाट सामान खरीदमा छुट पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा बैंकले आफनो १५औं वार्षिकोत्सवको अवसरमा 'अफर सानिमा बैंकको, रोजाई तपाईको' नामक योजना ल्याएको छ।

यो योजनामा बैंकले आफ्ना विभिन्न डिजिटल सेवाहरू तथा सामान खरिदमा छुट दिने जनाएको छ । योजना शुक्रबारदेखि आइतबारसम्म तीन दिनसम्म लागू हुने जनाइएको छ।

बैंकको डिजिटल सेवाहरु डेबिट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड, प्रायोरिटी पास, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ। बैंकका अनुसार विभिन्न रेष्टुरेन्ट तथा विद्युतीय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ।