दश दिन अस्पताल बसेर सरकारी निवास बालुवाटार फर्किए प्रधानमन्त्री, राष्ट्रपतिसँग कुराकानी

बिजमाण्डू
२०७६ मंसिर १९ गते १६:१४ | Dec 5, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्केका छन्। १० दिन लामो अस्पताल बसाईलाई टुङ्ग्याउँदै आज दिउँसो उनी प्रधानमन्त्री निवास बालुवाटार फर्केका हुन्।

'म स्वास्थ्यमा सुधार भएर जाँदैछु,' अस्पतालबाट बाहिरिँदै गरेका प्रधानमन्त्री ओलीले भने। अस्पतालबाट बाहिरिने तयारी भइरहँदा राष्ट्रपति विद्यादेवी भण्डारी आज उनलाई भेट्न त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट पुगेकी थिइन्।

प्रधानमन्त्री ओलीसँग राष्ट्रपति भण्डारीको १५ मिनेट कुराकानी भएको थियो।