सुनको बढ्ने क्रममा ब्रेक, बढ्यो ८ सय, घट्यो २ सय, बिहीबार सुन प्रतितोला ७२ हजार रुपैयाँ कायम

बिजमाण्डू
२०७६ मंसिर १९ गते १२:३७ | Dec 5, 2019
सुनको बढ्ने क्रममा ब्रेक, बढ्यो ८ सय, घट्यो २ सय, बिहीबार सुन प्रतितोला ७२ हजार रुपैयाँ कायम

Tata
GBIME
Nepal Life

काठमाडौं। स्थानीय बजारमा बुधवार ह्वात्तै बढेको सुनचाँदीको मूल्य बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला सुनको मूल्य ७२ हजार रूपैयाँ कायम गरेको छ । 

बुधवार सुन प्रतितोलामा अघिल्लो दिनका तुलनामा आठ सयले बढेर ७२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको घटबढको असर स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १४८२ डलर कायम रहेको छ । बुधवार सुनको मूल्य प्रतिऔंस १४८५ डलर थियो । 

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । प्रतितोला चाँदीको मूल्य १५ रुपैयाँले घटेर ८ सय ५० रूपैयाँमा झरेको छ । बुधवार प्रतितोला चाँदी ८ सय ६५ रूपैयाँमा किनबेच भएको थियो ।