स्वप्न सुमनको गीत टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक

बिजमाण्डू
२०७६ मंसिर २ गते १७:५८ | Nov 18, 2019


काठमाडौं। “यो गीतम जस्तै परीहरुको कथामा विश्वास राख्ने सबैका लागि हो”, आफ्नो लोकप्रिय गीत टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक गर्दै स्वप्न सुमनले भने। 

Tata
GBIME
Nepal Life

२०१८ मा युट्युब च्यानल आरबिट्ररी मार्पmत सञ्चालन भएको टुबोर्ग ओपन सेसन्स्ले अपलोड गरिएको ५१ वटा गीतहरुबाट सफलतापुर्वक १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ र फेरि अहिले टुबोर्ग ओपन सेसन्स्को सिजन २ सुरु भएको छ।

गीतका शब्दहरुले यस प्रेम गीतको भावनाहरुलाई राम्ररी समेटेको छ। टुबोर्ग ओपन सेसन्स् २ को प्रस्तुतीमा स्वप्नको सुमधुर स्वरलाई रोहित शाक्यको अरेन्जमेन्टले थप निखार ल्याएको छ। स्वप्न सुमन निकै लोकप्रिय नेपालीगायक, गीतकार र गीतारिस्ट हुन्। 

विशेष गरि युवापुस्ता माझ निकै प्रिय रहेका स्वप्नले सधैं आफ्नो लागि स्टेज नेम चाहेका थिए। धेरै नामहरु पछि उनलाई अन्तिममा स्वप्न मनप¥यो। 

काठमाडौंमा जन्मिएका स्वप्नका कभर भिडियोहरु युट्युबमा चल्न थालेपछि उनको लोकप्रियता बढ्दै गयो। उनको युट्युबमा १२० हजारभन्दा बढी सब्स्क्राईबरहरु रहेका छन् भने, ईन्स्टाग्राममा १३६ हजारभन्दा बढी फलोवर्स रहेका छन्। 

सानैदेखि संगीतमा रुचि राख्ने स्वप्नले आफै गीतार बजाउन सिकेका हुन्। उनले आफ्नो सांगीतिक यात्रा व्यवसायिक रुपमा कर्मा रेकर्डस्सँग सुरु गरेका थिए तर पछि आरबिट्ररी रेकर्डिङस्सँग आबद्ध भए। आरबिट्ररी रेकर्डिङस्सँग उनले कसरी भनु, दिकफी सङ, म तिम्रो जस्ता हिट गीतहरु रिलिज गरे।

पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरु माझ पु¥याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ।