आधार मूल्य भन्दा धेरै तल झरेका म्युचुअल फण्डको सबैभन्दा धेरै माग, लगानीकर्ता दिन-दिनै घट्दै

बिजमाण्डू
२०७६ कात्तिक ३ गते १५:१६ | Oct 20, 2019


काठमाडौं। आधार मूल्यभन्दा धेरै तल झरेका म्युचुअल फण्डमा लगानीकर्ताहरुको आकर्षण देखिन थालेको छ।

Tata
GBIME
Nepal Life

आइतबारको कारोबारमा सबैभन्दा धेरै म्युचुअल फण्डको इकाईका लागि माग देखिएको हो। आजको सबैभन्दा धेरै माग भएका १० कम्पनी मध्ये चार वटा म्युचुअल फण्ड छन्।

सबैभन्दा धेरै शेयर आपुर्ती हुने १० कम्पनी मध्ये म्युचुअल फण्डको संख्या पनि चारवटै छ। न्याभ भ्यालु भन्दा बजार मूल्य तल रहेका म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण देखिएको हो। तुलनात्मक रुपमा म्युचुअल फण्डले दोस्रो बजारमा राम्रो नाफा गर्न सकेका छैनन्।

समग्र बजार नै ओरालो झरेको समयमा लगानीकर्ताको ध्यान सस्ता म्युचुअल फण्डमा देखिन थालेको हो। लगानीकर्ताको आकर्षण सँगै केही समय यता म्युचुअल फण्डको मूल्य थोरै थोरै सुधार हुन थालेको छ।  

सुधारको संकेत नदेखिदा बजारमा लगानीकर्ताको सहभागिता दिन दिनै घट्दै गएको छ। सहभागितामा कमि आए सँगै कारोबार रकम थप घट्दो क्रममा छन्। आइतबार कारोबार रकम ११ करोड ३३ लाख रुपैयाँमै सिमित भएको छ।

नेप्से सूचक ४.०३ अंकले ओरालो झर्दा ७५ वटा कम्पनीको शेयर मूल्य घटेको छ। आइतबार १२८ वटा कम्पनीको कारोबार हुँदा २७ वटाको मूल्य घटेको छ। बोनस शेयर घोषणा गरेको प्रभुख बैंकको सबैभन्दा धेरै कारोबार हुने सूचीमा आज पनि एक नम्बरमै परेको छ।

आइतबार कम्पनीको शेयर एक करोड ९ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रोमा एभरेष्ट बैंकको ७३ लाख रुपैयाँको कारोबार भएको छ।


एनआइविएल प्रगति फण्डको सबैभन्दा धेरै ३.८४ प्रतिशतले सुधार भएको छ। सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य थप ५.३३ प्रतिशतले घटेर ७१ रुपैयाँमा झरेको छ।

सम्पुर्ण सूचक तथा उपसूचक रातो देखिएका छन्। यस सँगै कारोबार रकम र सहभागिता नै न्युन देखिएको हो। केहि बाणिज्य बैंकको शेयरमा माग देखिए पनि बाँकी कम्पनीहरुको माग र आपुर्ती धेरै कम देखिन्छ।

प्रभु बैंक, एनसिसी बैंक, नेपाल बैंक, सभिल बैंकको शेयरका लागि सबैभन्दा धेरै मागदेखिन्छ। तर उक्त माग उत्साहप्रद छैन। थोरै थोरै रुपैयाँको लागि वार्गेनिङ भएको देखिन्छ।