सिथोसले आर्टिफिसयल इन्टिलिजेन्स सेवा नेपालमा पनि सुरु गर्ने, सुरुमा बैंकहरुलाई लक्षित

बिजमाण्डू
२०७६ कात्तिक ३ गते १०:५२ | Oct 20, 2019
सिथोसले आर्टिफिसयल इन्टिलिजेन्स सेवा नेपालमा पनि सुरु गर्ने, सुरुमा बैंकहरुलाई लक्षित

Tata
GBIME
Nepal Life

काठमाडौं। अमेरिकी कम्पनी सिथोसले नेपालमा बैंकिङ क्षेत्रलाई लक्षित गरेर आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’ सेवा विस्तार गर्ने भएको छ। यो प्रविधिले बैंकिङ प्रणालीमा जोखिम ब्यवस्थापन, ग्राहक पहिचानमा सहयोग पुर्याउने छ। 

सिथोसले एक कार्यक्रम आयोजना गरि बैंकका प्रतिनिधिहरुलाई प्रविधिको जानकारी गराएको थियो। सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसियल इन्टिलिजेन्स नेपालमा ज्यादै आवश्वक भएकाले सिथोस नेपाल प्रवेश गरेको जानकारी दिए। 

यस्ता प्रणालीले बैंकिङ क्षेत्रले ग्राहकहरुलाई प्रदान गर्ने सेवा सुविधा थप विस्तार हुने नेपाल राष्ट्र बैंकका प्रविधिक विभागका निर्देशक शिवराम दवाडीले जानकारी दिए। 

यस प्रणालीले ग्राहकलाई विभिन्न सेवा पुर्याउनुका साथै कर्जाको मूल्याङ्कन, कर्जा दिन मिल्ने विषयमा सुझावसमेत प्रदान गर्ने सिथोसले जनाएको छ। सिथोसले बैकिङ क्षेत्रको नियमन, परिपालना तथा सम्भावित ठगीलाई पहिचान तथा नियन्त्रण गर्ने लगायत प्राविधिक सेवा प्रदान गर्ने सिथोस नेपालका अध्यक्ष दक्ष पौडेल सुवासले जानकारी दिए। 

सिथोसले विकास गर्ने एआई बैंकिङ, बिमा, रियलस्टेट, हस्पिटालिटी लगायत विविध क्षेत्र तथा व्यापार व्यवसायमा प्रयोग गरेर खर्च कम गरी आम्दानी वढाउने छ। आगामी दिनमा सिथोसले नेपालको सहकारी क्षेत्रमा पनि सेवा बिस्तार गर्ने पौडेलले बताए।

यस प्रणालीले औठा छाप, आवाज, तस्वीर, सन्देश, फोन मार्फत सम्बन्धित व्यक्तिको पहिचान गरी कारोबार गर्नमा सहज गराउने सिथोसले जनाएको छ।