राष्ट्रिय बाणिज्य बैंकको आफ्नै इम्पावरमेन्ट एकेडेमी, बैंकिङ करियरकालागि निः शुल्क तालिम दिने

बिजमाण्डू
२०७६ असोज ३० गते १६:२८ | Oct 17, 2019


काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले युवा वर्गहरुलाई लक्षित गर्दै आरबिबी इम्पावरमेन्ट एकेडेमीको सुरुवात गरेको छ। बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत फाईनान्सियल ट्रेनिङ सेन्टर अगाडि बढाएको जनाएको छ।

Tata
GBIME
Nepal Life

बैंकका अनुसार एकेडेमीबाट युवावर्गलगायत सबैले लाभ लिन सक्नेछन्। एकेडेमीले आगामी कार्तिक१ गतेबाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिनदिने टेक्निकल, बिहेबिरलर प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा संचालन गर्ने जनाएको छ।

पहिलो चरणको ट्रेनिङ, प्रदेश नम्बर तीन अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरेको छ।

वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विदार्थीहरुले निः शुल्क ट्रेनिङ लिन सक्ने छन्। तालिम बैंकको दरबारमार्गस्थित तालिम केन्द्रमा आगामी कार्तिक२२, २३ र२४ गते आयोजना हुने बताइएको छ।

नेपालमै पहिलोपटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवालक्षित यस्तो किसिमको रोजगारीउन्मुख तालिमहरु भविश्यमा अन्य प्रदेशहरुमा पनि संचालन गरिने बैंकले जनाएको छ।