सानिमा बैंकको बोनश पारित, १०% बोनस शेयर र ११.०५२६% नगद लाभांश पाउने

बिजमाण्डू
२०७६ असोज २९ गते २१:४८ | Oct 16, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकको बुधबार भएको १५औं वार्षिक साधारणसभाबाट यो प्रस्ताव पारित भएको हो। बैंक अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा साधारणसभा भएको थियो।

आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब २६ करोड खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति  १ खर्ब ९ अर्ब, कुल निक्षेप ९२ अर्ब २८ करोड र  खुद कर्जा सापटी ८३ अर्ब ४४ करोड रुपैयाँ छ।

आर्थिक वर्ष २०७४/७५  को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.०२,  १६.५४, २०.५०, र १८.७८ प्रतिशतले वृद्धि गरेको दाबी गरेको छ।