पूँजीगत लाभकर गणनाका लागि ब्रोकर कार्यालय जानुनपर्ने, मेरो शेयरबाट गणना गर्न सकिने

बिजमाण्डू
२०७६ असोज २९ गते १४:३८ | Oct 16, 2019
पूँजीगत लाभकर गणनाका लागि ब्रोकर कार्यालय जानुनपर्ने, मेरो शेयरबाट गणना गर्न सकिने

Tata
GBIME
Nepal Life

काठमाडौँ। अनलाइन प्रयोगकर्ताले भारित औसत लागत विधिबाट पूँजीगत लाभकर गणनाको लागि अबदेखि ब्रोकर कार्यालय जानु नपर्ने भएको छ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले मेरो शेयर सफ्टवेयरबाटै गणना गर्ने प्रणालीको विकास गरेसँगै लगानीकर्ताले ब्रोकर कार्यालय जानु नपर्ने भएको हो। सिडिएससीले मंगलबारदेखि यो कार्यान्वयनमा ल्याएको छ।

यो प्रणालीसँगै लगानीकर्ताले अनलाइनबाटै भारित औसतको लागत गणना गर्न सक्छन्। तर अनलाइन प्रयोग नगर्ने लगानीकर्ताले भने ब्रोकर कार्यालयकै सहयोग लिनुपर्ने सिडिएससीले जनाएको छ।

यस अघि लगानीकर्ताले भारित औसत गणना गर्न ब्रोकर कार्यालय जानु पर्ने प्रावधान रहेको थियो। लगानीकर्ताले ब्रोकर कार्यालय धाउनु परेको भन्दै विरोध गरेका थिए। लगानीकर्ताले हितग्राही खातामा रहेको शेयरलाई मेरो शेयरमा रहेको भारित औसत गणना गर्ने फिचर्स मार्फत गणना गर्न सक्ने छन्।

शेयर बिक्री गरेपछि इडीआइएस सँगै मूल्य समेत आफै जाने  गरी प्रणालीको विकास गरिएको छ। भारित औसत लागत गणना नगरी अब लगानीकर्ताले इडीआइएस पठाउन सक्दैनन्। भारित औसत गणना गर्दा फिचर्सलेनै मूल्य सुझाउने छ। उसले सुझाएको मूल्य चित्त नबुझे प्रमाणसहित लगानीकर्ताले मूल्य परिवर्तन गर्न सक्ने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए।