कोकाकोलाको ‘माइ मम मेक्स माइ दशैं स्पेशल’ अभियान, चर्चित अभिनेत्रीसँग कुराकानी गर्न पाइने

बिजमाण्डू
२०७६ असोज २८ गते १६:२५ | Oct 15, 2019
कोकाकोलाको ‘माइ मम मेक्स माइ दशैं स्पेशल’ अभियान, चर्चित अभिनेत्रीसँग कुराकानी गर्न पाइने


काठमाडौं। कोकाकोलाले आफ्नो “मन खोलौं कोक सँग” दशैंतिहार अभियानलाई निरन्तरता दिदैं ग्राउण्ड एक्टिभेसन शुरु गरेको छ।

Tata
GBIME
Nepal Life

आमा भनेको हरेक चाडपर्वको महत्वपूर्ण अगं रहेको भन्दै यो वर्ष कोकाकोलाको दशैं अभियानको थिम पनि “माई मम मेक्स माई दशैं स्पेशल” बनाएको छ। कम्पनीका अनुसार ग्राउण्ड एक्टिभेसनमा उपभोक्ताले ५०० एमएलको कोक बोटलको लेबलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्नो आमालाई दिन सक्नेछन्।

यो एटिभेसन १६ अक्टोबरबाट शुरु भएर सेल्सबेरी, भाटभटेनी सुपरमार्केट, सेल्सवे र बिगमार्टको विभिन्न स्थानमा तीन नोभेम्बरसम्म जारी रहनेछ ।सीतापाइलास्थित सेल्सबेरीमा अक्टुबर १६ तारिखमा एक्टिभेसन हुनेछ भने दोस्रो दिन अर्थात अक्टुबर १७ तारिखमा नक्साल भाटभटेनी, पाटन भाटभटेनी, भक्तपुर भाटभटेनी, कलंकी भाटभटेनी लगायतका स्थानमा क्रमश एक्टिभेसन जारी रहने कम्पनीले जनाएको छ।

ती स्थानमा प्रसिद्ध नेपाली अभिनेत्रीहरु पनि एक्टिभेसनमा सहभागी जनाउँदै विभिन्न स्थानमा भ्रमण गर्ने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार उपभोक्ताले अभिनेत्रीसँग कुराकानी गर्न तथा फोटो खिच्न सक्नेछन्। उपभोक्ताहरुले यो स्मरणीय पललाई सामाजिक सञ्जालमा #AamaBinaKRamailo ह्याट्याग प्रयोग गरेर शेयर गर्न पनि सक्ने कम्पनीले जनाएको छ।