चिनियाँ राष्ट्रपति सी जिनपिङको बिदाइसँगै उक्काइयो फ्लेक्स, उठाइयो फूल, तस्बीर समाचार

रोजन श्रेष्ठ/बिजमाण्डू
२०७६ असोज २७ गते १३:५७ | Oct 14, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। चीनका राष्ट्रपति सी जिनपिङका लागि सजाउन सडकमा ल्याएको फूलसहितको गमला काठमाडौं महानगरपालिकाले उठाउन थालेको छ।

माइतीघर, सुन्धारालगायतका फूलसहितको गमला धमाधम उठाउँदै महनगरको गाडीले ओसार्न थालेको छ। माइतीघरको फूलसहितको गमला नजिकैको कृषि विकास बैंकतिर भित्र्याउँदै थियो भने सुन्धाराको गमला नगरपालिकाको गाडीमा उठाइएको थियो।

बिजुलीबजारको पुलमा राखिएको फ्लेक्स निकालेर पुलको छेउमा राखिएको थियो।

चीनका राष्ट्रपति सी शनिबार साँझ नेपाल भ्रमणमा आइपुगेका थिए भने आइतबार दिउँसो स्वदेश फर्केका थिए। उनको स्वागतका लागि काठमाडौंका सडक सिंगारिएको थियो। सडकका बिजुलीका पोलमा राष्ट्रपति सी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर राखिएको थियो। ती तस्विरहरु आइतबार राति नै निकालिएको छ।