महालक्ष्मी विकास बैँकले बढायो लाभांस दर, १७.८९% लाभांस घोषणा, ९.८९ नगद र ८ प्रतिशत बोनस शेयर

बिजमाण्डू
२०७६ असोज २३ गते १७:०२ | Oct 10, 2019
महालक्ष्मी विकास बैँकले बढायो लाभांस दर, १७.८९% लाभांस घोषणा, ९.८९ नगद र ८ प्रतिशत बोनस शेयर

Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ नाफाबाट १७.८९ प्रतिशत लाभांस घोषणा गरेको छ। बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार वासलात तयार पारेर सोही अनुसार लाभांस दिने भएको हो।

असोज १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ९.८९ प्रतिशत नगद र ८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

बैंकको हालको चुक्त पूँजी दुई अर्ब ८४ करोड रुपैयाँ छ। बोनस शेयरपछि बैंकको चुक्ता पूँजी तीन अर्ब ६ करोड रुपैयाँ हुनेछ। बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको छ।

बैंकको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छन्। बैंकले हालसम्म करिब ३२ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।