नेप्सेमा दुई संस्थाका ५२ करोड रुपैयाँ बराबरको शेयर सूचीकृत, एकसातापछि दोस्रो बजारमा कारोबार

बिजमाण्डू
२०७६ जेठ २ गते १४:४६ | May 16, 2019


बिजमाण्डू। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार कक्षमा बिहीबार ५२ करोड रुपैयाँ बराबरको शेयर सूचीकृत भएको छ।

Tata
GBIME
Nepal Life

कृषि बिकास बैंक र ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्थाको शेयर बिहीबार दोस्रो बजारमा कारोबारकोलागि सूचीकृत भएको हो।

कृषि बिकास बैंकको ५१ करोड ३० लाख रुपैयाँ बराबरको ५१ लाख तीन हजार कित्ता बोनस शेयर दोस्रो बजारमा सूचीकृत भएको छ।

यसैगरी ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्थाको एक करोड ४४ लाख रुपैयाँ बराबरको एक लाख ४४ हजार कित्ता शेयर दोस्रो बजारमा सूचीकृत भएको हो।

दुबै कम्पनीका शेयर एक सातापछि दोस्रो बजारमा कारोबार गर्न सक्न छन्।