शिवश्रीको आइपिओ आजबाट प्रभावितलाई, सर्वसाधारणलाई २२ लाख कित्ता, लगानी ८ वर्षपछि फिर्ता  

बिजमाण्डू
२०७५ पुष २७ गते ०९:४२ | Jan 11, 2019
शिवश्रीको आइपिओ आजबाट प्रभावितलाई, सर्वसाधारणलाई २२ लाख कित्ता, लगानी ८ वर्षपछि फिर्ता  

काठमाडौं। शिवश्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई आजदेखि शेयर जारी गरेको छ। कम्पनीले १४ लाख ७६ हजार ४०० कित्ता प्राथमिक शेयर निष्काशन गरेको हो। 

Tata
GBIME
Nepal Life

कम्पनीले माघ ११ गतेसम्म सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका प्रभावित बासिन्दाका लागि निष्काशन गर्ने छ। 

प्रभावित क्षेत्रका बासिन्दाले सिन्धुपाल्चोक जिल्लामा रहेका बैंकहरु सिन्धु विकास बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक र शिव श्री हाइड्रोपावरको कार्यालय भोटेकोशी र अनामनगरबाट आवेदन दिन सक्ने छन्। यसका साथै सिद्धार्थ क्यापिटल नक्सालबाट पनि पाइनेछ। 

प्रभावित क्षेत्रका लागि निष्काशन गरेपछि २२ लाख १४ हजार कित्ता ६०० कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने छ। 

आइपिओ निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार 'इक्रा एनपि आइपिओ ग्रेड ४' प्राप्त गरेको छ। इक्रा नेपालका अनुसार यो रेटिङले कम्पनीको वित्तीय विवरण औषत किसिमको रहेको हुँदा औषत जोखिमको संकेत गर्दछ। 

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको अपर चाकु ए जलविद्युत आयोजना निर्माण गरेको छ। आयोजनाको निर्माण कार्य ९६ प्रतिशत सकिएकोले अन्तिम चरणको निर्माण कार्य भैरहेको कम्पनीले जनाएको छ।

आयोजना निर्माणको लागि सुरुवातमा तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा भुकम्प र जुरेपहिरोको कारणले आयोजना निर्माण कार्य ढिला हुँदा ४ अर्ब तीन करोड रुपैयाँ पुगेको छ। प्रतिमेगावाट लागत १३ करोड ६० लाख रुपैयाँबाट बढेर १८ करोड २० लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि झण्डै ८ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।