सर्वाधिक शेयरधनीसहित माथिल्लो तामाकोशीको शेयर नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबार 

बिजमाण्डू
२०७५ पुष २६ गते १४:१० | Jan 10, 2019
सर्वाधिक शेयरधनीसहित माथिल्लो तामाकोशीको शेयर नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबार 

काठमाडौं। माथिल्लो तामाकोशीको प्राथमिक शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ। दोस्रो बजारमा कारोबारको लागि बिहीबार नेपाल स्टक एक्चेन्ज र माथिल्लो तामाकोशीबीच संझौता भएको हो। 

Tata
GBIME
Nepal Life

तामाकोशीको १० करोड ५९ लाख कित्ता प्राथमिक शेयर सूचिकृत भएको हो। 

कम्पनीको तीन चरणमा सार्वजनिक शेयर जारी गरेको थियो। पछिल्लो समय सर्वसाधारणको लागि प्राथमिक शेयर जारी गरेसँगै कम्पनीको शेयर कारोबार हुने भएको हो। 

दोस्रो बजारमा सूचिकृत भएसँगै माथिल्लो तामाकोशी सबैभन्दा धेरै शेयरधनी भएको कम्पनी हुने छ। कम्पनीमा ८ लाखभन्दा धेरै शेयरधनी हुने छन्।