काठमाडौं। सुनको मूल्य लगातार ओह्रालो लाग्दै चार दिनमा २ हजार ७ सय रूपैयाँ घटेको छ। अघिल्लो दिनभन्दा १ हजार ७ सयले घटेको सुनको मूल्यमा बुधबार पनि १ हजार २ सय रूपैयाँको गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका कारोबार मूल्य प्रतितोला ९४ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ। एकैदिन १ हजार ७ सय घट्दा मंगलबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँ भएको थियो। साताको पहिलो दिन गत आइतबार प्रतितोला ९७ हजार रूपैयाँ प्रतितोला थियो भने सोमबार सामान्य बढ्दै ९७ हजार २ सय पुगेको थियो।
व्यवसायीका अनुसार चालु साता नै मूल्यमा २ हजार ७ सयले गिरावट आउनु सामान्य होइन। कोरोना संक्रमण विश्वव्यापी हुँदै जाँदा सुनको भाउ लगातार बढ्दै प्रतितोला एक लाख नाघेको थियो। प्रभावित रहेको अन्तर्राष्ट्रिय बजारमा क्रमिक सुधार एसँगै पुनः मूल्य घट्न थालेको हो।
चाँदीको मूल्यमा पनि पुनः गिरावट आएको छ। अघिल्लो दिनको भन्दा ४० रूपैयाँ घटेर चाँदी प्रतितोला १ हजार १ सय ९० रूपैयाँ भएको छ।
यसअघि मंगलबार पनि अघिल्लो दिनका तुलनामा ९० रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँ भएको थियो। साताको पहिलो दिन गत इतबार चाँदी प्रतितोला १ हजार ३ सय ३५ रूपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमै यो साता सुनचाँदीको कारोबारमा गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १९१३. ६७ डलरमा कारोबार भएको सुन बुधबार बिहान प्रतिऔंस १८८७.७७ डलरमा झरेको छ।
मंगलबार २४. ६५ डलरमा कारोबार भएको चाँदी पनि बुधबार बिहान घट्दै प्रतिऔंस २३.५७ डलरमा आइपुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।