भाटभटेनीको स्टोरहरु बन्द तर होम डेलिभरी भने खुल्यो, खाद्यान्न र तरकारी चाहिए गर्नुस फोन

बिजमाण्डू
२०७६ चैत्र १३ गते १७:३१ | Mar 26, 2020
भाटभटेनीको स्टोरहरु बन्द तर होम डेलिभरी भने खुल्यो, खाद्यान्न र तरकारी चाहिए गर्नुस फोन

Tata
GBIME
Nepal Life

काठमाडौं : गृह मन्त्रालयले ग्रोसरीहरुलाई डेलिभरी भ्यान मार्फत् खाद्यान्न तथा तरकारी घरघरमा पुर्‍याउन निर्देशन दिएपछि भाटभटेनी सुपरमार्केटले कल, भाइबर वा ह्वाट्सएपबाट कल र म्यासेजमार्फत् यो सुविधा सुरु गरेको छ।

काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोरी एवम् बिक्रेताहरुले आ-आफ्ना डेलिभरी भ्यान मार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन गृह मन्त्रालयले आज निर्देशन दिएको हो।

आवश्यक पर्ने डेलिभरी भ्यान लाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने व्यवस्था गरेपछि भाटभटेनीले ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ फोन मार्फत् अर्डर गर्ने व्यवस्था गरेको हो।