मुम्बइ। भारतकै सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज कम्पनी नेशनल स्टक एक्सचेञ्ज (एनएसइ) को अध्यक्षबाट अशोक चावलाले राजिनामा दिएका छन्। कार्यकाल बाँकी छँदै पूर्व सरकारी कर्मचारिको राजिनामा आएको हो। उनको कार्यकाल मार्चमा सकिँदै थियो।
अशोक चावला गुजरातको सरकारी क्याडर हुन्। उनलाई २०१६ मा एनएसइको अध्यक्ष नियुक्त गरिएको थियो। उनको कार्यकाल २०१९ मार्च २७ सम्म छ। त्यसअघि नै उनले राजिनामा गरेका हुन्।
उनले केही समयअघि निजी क्षेत्रको बैंक एस बैंकको गैर कार्यकारी अध्यक्षबाट पनि राजिनामा गरेका थिए। उनी उड्यान सेवा कम्पनी जेट एयरवेजको सञ्चालक पनि हुन्।
एनएसइको अध्यक्ष बन्नुअघि चावला महत्वपूर्ण पदहरुमा बसेर काम गरिसकेका थिए। चावला भातरीय प्रतिस्पर्धा आयोग (सिसिआइ) का प्रमुख भएर पनि काम गरिसकेका थिए।
उनी वित्त सचिव पनि थिए। उनी स्टेट बैंक अफ इण्डियाको सञ्चालक समितिमा पनि थिए। उनले २००९ देखि २०११ सम्म एसबिआइमा काम गरका थिए। एलआइसीको सञ्चालक पनि भएका थिए।