काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले दशैतिहारको उपलक्ष्यमा एनआइविएल मास्टर कार्ड बजारमा ल्याएको छ। बैंकले बुधबार आर्थिक कारोबारमा सहजता प्रादान गर्ने उद्देश्यले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको उद्घाटन गरेको हो।
एनआइविएल मास्टरकार्ड मार्फत बैंकका ग्राहकले नेपाल र भारतको लागि 'डोमेस्टिक कार्ड' र विश्वभरीका लागि 'इन्टरनेशनल कार्ड' प्रयोग गर्न सक्ने छन्। बैंकले एनआइविएल मास्टरकार्डको उद्घाटनको उपलक्ष्यमा तीन महिनासम्म निःशुल्क कार्ड जारी गर्नेछ। यसका साथै मास्टरकार्डबाट कारोबार गरेवापत नगद फिर्ता गर्ने योजना ल्याएको छ।
बैंकले हाल ७७ वटै जिल्लाबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ। बैंकले हालसम्म २ हजार ६५७ वटा पस मेसिन जडान गरेको छ भने १०५ वटा एटिएमबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ।
बैंकले भर्खरै युरोमनि अवार्ड 'उत्कृष्ट बैंक नेपाल २०१८' जितेको छ भने ५ पटक 'बैंक अफ द इयर' अवार्ड प्राप्त गरेको छ।