काठमाडौं। विगत ६ आर्थिक बर्षदेखि ४० प्रतिशतभन्दा लाभांश नघटाएको छिमेक लघुबित्त वित्तीय संस्थाले सातौ आर्थिक बर्ष पनि ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४० प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ। जसमा १८ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनलाई पनि हुने गरी २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
लाभांश नेपाल राष्ट्र बैक र संस्थाको वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। गत वर्ष संस्थाले ४५ प्रतिशत लाभांश दिएको थियो।
संस्थाको हाल चुक्ता पूँजी एक अर्ब पुगेको छ। बोनसपछि संस्थाको चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँ पुग्ने छ। गत वर्ष संस्थाले ६६ करोड रुपैयाँ नाफा गरेको थियो। संस्थाको प्रति शेयर आम्दामी ६६.३९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २१७.९० रहेको छ।