काठमाडौँ।मुक्तिनाथ विकास बैंकले हकप्रद शेयर निष्कासनकोलागि बुक क्लोज मिति तय गरेको छ ।
बैंकले साउन २० गते बुक क्लोज गर्ने जनाएको हो । हकप्रदमा आवेदन दिन चाहनेले साउन १९ गते सम्म दोस्रो बजारमा शेयर खरिद गर्न सक्छन् । बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गर्ने छ ।
हाल बैंकको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा बैंकले ४९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।