BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकको बुक क्लोज साउन २० मा, साउन १९ सम्म शेयर खरिद गर्नेले हकप्रद पाउने

२०७४ साउन ११

काठमाडौँ।मुक्तिनाथ विकास बैंकले हकप्रद शेयर निष्कासनकोलागि बुक क्लोज मिति तय गरेको छ ।

Tata
GBIME
Nepal Life

बैंकले साउन २० गते बुक क्लोज गर्ने जनाएको हो । हकप्रदमा आवेदन दिन चाहनेले साउन १९ गते सम्म दोस्रो बजारमा शेयर खरिद गर्न सक्छन् । बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गर्ने छ ।

हाल बैंकको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा बैंकले ४९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।